३२ असार २०८३, बिहीबार

देशी–विदेशी शक्ति मिलेर एमालेविरुद्ध षड्यन्त्र गरिरहेका छन् : केपी ओली

‘सयवटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन’
कात्तिक २७, २०७९
देशी–विदेशी शक्ति मिलेर एमालेविरुद्ध षड्यन्त्र गरिरहेका छन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी शक्ति मिलेर एमालेका विरुद्ध गठबन्धन र षड्यन्त्र गरिरहेको दावी गरेका छन् । 

आइतबार सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्दै उनले विदेशी शक्ति मिलेर एमालेलाई हराउने प्रयास भइरहेको उनले बताए । 

‘देशी विदेशी शक्ति मिलेर एमालेका विरुद्ध गठबन्धन र षड्यन्त्र गरिरहेका छन । एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन । तर, मैले भन्ने गरेको छु । सयवटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन’, उनले भने ।

चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको र एमालेको नेतृत्वमा सरकार बने मात्रै त्यो सम्भव रहेको बताए । 

‘सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ’, उनले भने, ‘यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन । कर्णालीको विकासको खाका एमालेले कोरेको छ’, ओलीले भने । 

यस पटकको चुनावले देशको भविष्य निर्धारण गर्ने पनि ओलीले बताए ।      

‘चुनावले देशको भविष्य कता जान्छट भन्ने कुराको निर्धारण गर्छ । यो देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने र स्वाधीन बनाउने मौका आएको छ’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्