३० जेठ २०८३, शनिबार

पोखरीमा डुबेर तीन बालकको मृत्यु

कात्तिक २७, २०७९
पोखरीमा डुबेर तीन बालकको मृत्यु

सिरहाको मिर्चैयामा रहेको एक पोखरीमा डुबेर तीन भारतीय बालकको मृत्यु भएको छ।  मिर्चैया नगरपालिका १ कमियाटोल नजिक रहेको जेके इँटा उद्योगमा कार्यरत मजदुरका छोराहरु भारत विहार पुरनियाँ थाना खरिन्चया वर्ष १२ का अली हसन,  वर्ष १० का नवी  हसन र अररिया जिल्लाका १० वर्षिय नितेशको आइतबार पोखरीमा डुबेर मृत्यु भएको हो। अली र नवी दाजुभाइ भएको बताइएको छ । 

इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्