
हाल देशको मौसममा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । सोही प्रदेशको बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस्तै हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।