१९ असार २०८३, शुक्रबार

पूर्व मुख्यमन्त्रीको खुलासा – २०% कमिसन नदिई कुनै काम हुँदैन

कात्तिक २८, २०७९
पूर्व मुख्यमन्त्रीको खुलासा – २०% कमिसन नदिई कुनै काम हुँदैन

भारतको उत्तराखण्ड प्रदेशका पूर्व मुख्यमन्त्री तीरथसिंह रावतले कमिसन नदिई कुनै काम नहुने प्रवृत्ति रहेको खुलासा गरेका छन् ।

उत्तराखण्डमा यतिबेला भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार छ । पूर्व मुख्यमन्त्री रावत पनि भाजपाकै नेता हुन् । तैपनि उनले कमिसन प्रवृत्तिबारे मुख खोलेका हुन् ।

‘विना कमिसन कुनै काम गराउन सकिँदैन,’ भाइरल भइरहेको भिडियोमा रावतले भनेका छन् । उनको भिडियो कुन ठाउँको हो भन्ने नखुलेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

उनले भिडियोमा भनेका छन्, ‘म मुख्यमन्त्री भइसकेको छु, सायद मैले यसो भन्नु हुँदैन तर उत्तर प्रदेशबाट हामी अलग भएपछि सार्वजनिक काममा २०% कमिसन लिने गरिएको कुरा स्वीकार्न मलाई कुनै शंकोच छैन । अलग राज्य भएपछि कमिसनतन्त्र अन्त्य हुनुपर्थ्यो तर कमिसनको अभ्यास जारी छ ।’ सन् २००० मा उत्तराखण्ड छुट्टै प्रदेश बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्