२८ जेठ २०८३, बिहीबार

चुनाव प्रचार छाडेर पशुपतिनाथको शरणमा रवीन्द्र मिश्र !

कात्तिक २८, २०७९
चुनाव प्रचार छाडेर पशुपतिनाथको शरणमा रवीन्द्र मिश्र !

काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्र चुनावी प्रचार छाडेर पशुपतिनाथ मन्दिमा पुजा पाठ गर्न पुगेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले सोमबार विहान पशुपतिनाथ मन्दिर पुगेर रूद्राभिषेक पूजा गरेका छन् ।

धर्मपत्निसहित मन्दिर पुगेका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन् ।

पशुपतिनाथको कृपा प्राप्तिका लागि यस्तो पूजा गर्ने प्रचलन हिन्दूधर्मालम्बीहरूमा छ । रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूपमध्येको एक शिवलिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ ।

पूजापछि मिश्रले आफ्नै जीवनकालमा यो देश रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्