१० साउन २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै, सर्वोच्चद्वारा अन्तरिम आदेशलाई निरन्तरता

कात्तिक २८, २०७९
डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै, सर्वोच्चद्वारा अन्तरिम आदेशलाई निरन्तरता

सर्वोच्च अदालतले ललितपुर- ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

निर्वाचन आयोगले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

मेडिकल काउन्सिलको सदस्यका रूपमा लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको मनोनयन खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध डा. कार्कीले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उम्मेदवारी खारेजीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेशमा असन्तुष्टि जनाउँदै आयोगले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको थियो । उक्त निवेदनबाट सोमवार सुनुवाइ भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्