०१ साउन २०८३, शुक्रबार

सत्तारूढ गठबन्धन फराकिलो मतान्तरले विजयी हुन्छ : डा. महत

कात्तिक २८, २०७९
सत्तारूढ गठबन्धन फराकिलो मतान्तरले विजयी हुन्छ : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतान्तरले विजयी हुने दावी गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले चुनावपछि कांग्रेसको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

मुलुकको समृद्धि, विकास र रोजागारीको आकांक्षालाई सम्बोधन हुने गरी आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने लक्ष्य रहेको महतले बताए । 

महतले भने, ‘सत्तारुढ गठबन्धन फराकिलो बहुमतले विजयी हुनेछ । यही गठबन्धन नेतृत्वले सरकार बनाउँनेछ । हाम्रो प्रचार अभियान देशभर जारी छ । संविधानको रक्षा गर्दै अघि बढ्ने यो गठबन्धनको लक्ष्य हो ।’ 

महतले अर्को प्रतिस्पर्धी नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाए । एमालेले जनतामा प्रलोभन बाँडेकाले निर्वाचन आयोगले एमालेलाई कारबाही गर्नुपर्ने महतको दावी छ ।

कांग्रेसले भने निर्वाचन आचारसंहिताको अक्षरशः पालना गरिरहेको उनको जिकिर छ ।

salt training

कमेन्ट गर्नुहोस्