२५ असार २०८३, बिहीबार

पेट्रोलियम व्यवसायीद्वारा नोक्सानीको क्षतिपूर्ति बढाउन माग

कात्तिक २०, २०७४
पेट्रोलियम व्यवसायीद्वारा नोक्सानीको क्षतिपूर्ति बढाउन माग

काठमाडौँ, २६ साउन - नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले व्यवसायीले अघिसारेका समस्या समाधान गर्न आयल निगम सञ्चालक समिति उदासीन रहेको बताउँदै आफूहरुको माग सुनुवाइ नभए आगामी साउन ३१ गतेदेखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष प्रधानका अनुसार भोलि साउन २६ गतेदेखि पेट्रोलियम पदार्थ डिपोबाट खरिद नगर्ने भएको छ । “निगमले आफूहरुले राखेका माग असार मसान्तभित्र समाधान गर्ने प्रतिबद्धता जनाएको थियो तर अहिलेसम्म पूरा गरेको छैन” – अध्यक्ष प्रधानले भन्नुभयो ।

व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ८५ लिटर प्राविधिक नोक्सानी हुने र त्यस्तो नोक्सानीको भरपाई निगमले गर्नुपर्ने बताइआएका छन् । हाल निगमले चार हजार लिटरमा ३५ लिटर क्षतिपूर्ति स्वरुप उपलब्ध गराइआएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्