×

सडक आश्रित मानवहरुको व्यवस्थापनमा महानगरपालिकाको चासो

कात्तिक २८, २०७९

मानवसेवा आश्रम र काठमाडौँ महानगरपालिकाबीच उपत्कामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि आज योजना तथा समीक्षा बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय सभागृहमा भएको बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै मानवस्वा आश्रमद्धारा सहयोगापेक्षी मानवहरुको व्यवस्थापनमा आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो ।


Advertisment

मनवसेवा आश्रम विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको सामाजिक संस्था हो । यस संस्थाले नागरिकहरुको मुठ्ठीदानको सहयोगमा असहाय तथा बेसहाराहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । पछिल्लो समयमा तीनै तहका सरकारले हातेमालो गर्न शुरु गरेकाले उनीहरुको व्यवस्थापनमा केही सहज भए पनि अझै धेरै अपुग रहेको आश्रमले जनाएको छ ।


Advertisment

काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमबीच विस २०७४ मङ्सिर १ गतेदेखि औपचारिक सम्झौता भई सडकआश्रित मानवहरुको उद्धार हुँदै आइरहेको छ ।

उक्त समययता काठमाडौँ महानगरपालिकाभित्र रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि विभिन्न चरणमा सम्झौता एवं सडकआश्रित मानवहरुको उद्धार भइरहेको हो ।

 सोमबार सम्पन्न बैठकमा मानवसेवा आश्रमको क्षमता अभिवृद्धिका साथै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले बताए । बैठकमा उनले सडक आश्रित मानवको दीर्घकालिन व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर जिज्ञासा र परामर्श गरेका थिए ।

उनले भने, “सामान्य मानवीय जीवन बाँच्न अरुको सहारा खोजिरहेका मानिसहरुको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य गर्न तयार छौँ ।”

बैठकमा काठमाडौँ महानगरपालिकाको आर्थिक श्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माणका सन्दर्भमा गम्भिर छलफल भएको थियो ।

उक्त आश्रम निर्माणका लागि काठमाडौँ महानगरपालिकाले श्रोत उपलब्ध गाउने तथा नागार्जुन नगरपालिकाले वडा नम्बर ६, सेतो गुम्बासँगै जोडिएको बागेश्वरी मन्दिर परिसरको कित्ता नंम्बर ८२ र १८९ को करिब १८ रोपनी जग्गा उपलब्ध गराउने गरी सम्झौता समेत भइसकेको छ ।

बैठकमा नागार्जुन नगरपालिक–६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय पनि भएको छ ।

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x