१७ असार २०८३, बुधबार

पर्यटन प्रवर्द्धनको रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड

कात्तिक २८, २०७९
पर्यटन प्रवर्द्धनको रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवद्र्धनको योजनाका लागि विज्ञ सरोकारवालासँग छलछफल गरेको छ । 

सोही प्रयोजनका निम्ति एसटीएलआरपीले विज्ञहरूको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशाला आयोजना गरिसकेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

 उक्त कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, प्रवद्र्धनमा बाधा पु¥याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण गरिएको छ ।  साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नीतिगत सुधार, तीन तहका सरकारको भूमिका र दायित्व आदि विषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गरिने परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।
 
उनका अनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पर्यटन मन्त्रालय, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), होटल एशोसिएशन नेपाल (हान) तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य सरोकारवाला सस्थासँग मिलेर कार्ययोजना तयार गर्न लागिएको छ । 

प्रदेशमा आयोजना गरिएको कार्यशालामा विज्ञ तथा सरोकारवालाले स्पष्ट पर्यटनमैत्री नीति, पर्यटनमा एकद्वार प्रणाली, पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्तिको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको बोर्डले उल्लेख गरेको छ । व्यवसायीले स्थानीय खाद्यान तथा घरबास कार्यक्रम ‘होमस्टे’ लाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
 
     लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाले आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने कुरामा जोड दिएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको प्रवद्र्धनका लागि छुट्टै आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति एवं ठोस योजना आवश्यक रहेको सुझाएका छन् ।
 
     नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा कोभिड–१९ का कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका पर्यटन क्षेत्रका श्रमिक मजदुरले अल्पकालीन रोजगारको अवसर प्राप्त गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याइएको हो । प्रमुख पर्यटकीय गन्तव्यस्थलका पर्यटकीय सम्पदाको सम्वद्र्धन र विकासका कार्यक्रममार्फत पर्यटन उद्यमी र श्रमिकका लागि रोजगार र आयआर्जनका अवसरमा वृद्धि गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्