२९ जेठ २०८३, शुक्रबार

चिनियाँ अधिकारीको दाबी, डोक्लाम चीनको भूभाग भएको भुटानद्वारा स्वीकार

कात्तिक २०, २०७४
चिनियाँ अधिकारीको दाबी, डोक्लाम चीनको भूभाग भएको भुटानद्वारा स्वीकार

काठमाडौं, २५ साउन — एक आश्चर्यलाग्दो तर पुष्टि हुन नसकेको दाबी गर्दै एक वरिष्ठ चिनियाँ अधिकारीले बुधवार भुटानले डोक्लाम क्षेत्र चीनकै भएको स्वीकार गरेको बताएका छन् ।


चीनकी शीर्ष कूटनीतिज्ञ वाङ वेन्लीले भारतीय सञ्चारकर्मीहरूसँग कुरा गर्दै भुटानले बेइजिङलाई कूटनीतिक च्यानलमार्फत सन्देश पठाउँदै विवादित क्षेत्र आफ्नो भूभाग नभएको बताएको जानकारी दिइन् ।

उनले उक्त दाबीलाई पुष्टि भने गरिनन् । तर भुटानले चीनको विरोध गरेर डोक्लाममा सडक बनाउँदा आफ्नो सम्प्रभुतामाथि आक्रमण भएको बताउँदै आएको छ ।

तर वाङ भन्छिन्, ‘चिनियाँ भूमिमा भारतीय सैनिक आउँदा भुटान छक्क परेको छ ।’ उनले यो सूचना भुटानको आधिकारिक सञ्चारमाध्यमबाट प्राप्त गरेको संकेत दिइन् ।

तर भारतीय विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै लेख्यो, ‘जुन १६ मा जनमुक्ति सेनाको निर्माण समूहले डोक्लाम क्षेत्रमा पसेर सडक निर्माण गर्न खोज्यो । शाही भुटानी सेनाले उनीहरूलाई यसो गर्नबाट रोक्न खोजे भन्ने हाम्रो विश्वास छ ।’

दी इन्डियन एक्सप्रेसबाट







salt training

कमेन्ट गर्नुहोस्