०९ साउन २०८३, शनिबार

जनताले दिएको अभिमत पूर्णरूपमा पालना गर्न तयार छु : प्रधानमन्त्री देउवा

कात्तिक २९, २०७९
जनताले दिएको अभिमत पूर्णरूपमा पालना गर्न तयार छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे ।

पश्चिम नवलपरासीको १ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनले मंगलवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए ।

पश्चिम नवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहेका छन् । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्