०८ साउन २०८३, शुक्रबार

अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला

कात्तिक २९, २०७९
अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचका लागि लड्ने बताएका छन् । मोरङ क्षेत्र नंं ६ बाट गठबन्धन दलबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका नेता कोइरालाले विराटनगर–४ मा आज आयोजित चुनावीसभामा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गरे । 

उनले निर्वाचनमा विजयीपश्चात अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । प्रभावशाली नेता डा कोइरालाले अपाङ्गता भएका शिक्षित बेरोजगारलाई रोजगारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागि पर्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्