२८ असार २०८३, आइतबार

खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङको डीपीआर प्रक्रिया अगाडि बढाइने

कात्तिक २९, २०७९
खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङको डीपीआर प्रक्रिया अगाडि बढाइने

काठमाडौँ महानगरपालिका वडा २८ मा रहेको खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पीटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ । आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को

अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको १० औँ कार्यपालिका बैठकले नगर विकास कोषको प्राविधिक सहयोगमा यस सम्बन्धी काम गर्ने प्रस्ताव पारित गरेको हो ।  बैठकले सहकारी क्षेत्र हेर्नका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ । कार्यपालिकाअन्तर्गत अहिले १२ वटा समिति छन् । यसमा विषयविज्ञ सहितको एउटा समिति थप हुने शाहले जानकारी दिए । 

बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐन कार्यान्वयन गर्न कार्यविधि बनाउने, महिला स्वास्थ्य स्वयमसेविका सम्बन्धी कार्यविधि बनाउनेलगायत निर्णय गरेको छ । यस्तै सामाजिक विकास विभागअन्तर्गत विकास सहायता कार्यविधिले तोकेका काम गर्न आवश्यक पर्ने सामग्रीसहित ४२ शीर्षकका दररेट स्वीकृत गरेको छ । 

कार्यपालिकाको बैठकले महानगरअन्तर्गतका ८९ वटा सामुदायिक विद्यालय र १६ वटा बैकल्पिक महिला विद्यालयसहित १ सय ५ वटा विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड व्यवस्थापन गर्न सशर्त अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । कक्षा ६ देखि १२ सम्मका छात्रालाई प्याड उपलब्ध गराउने विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत संघीय सरकारबाट चालु आर्थिक बर्षमा करिव १ करोड ६५ लाख रुपैयाँ महानगरलाई प्राप्त भएको महानगरपालिकाले जनाएको छ । विद्यालयको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा दर्ता भएका लाभग्राही छात्राहरुको संख्याका आधारमा निकासा हुनेछ । यसमा प्रति छात्रा करिब ९ सय ८४ रुपैयाँ पर्छ । 

प्रयोग भइसकेका प्याडको व्यवस्थापन गर्न सेनेटरी प्याड इन्सिनेटर खरिद प्रक्रिया  अघि बढाइने उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्