२५ असार २०८३, बिहीबार

८४ सञ्चारमाध्यममा आचारसंहिता प्रतिकूल सामग्री

कात्तिक २९, २०७९
८४ सञ्चारमाध्यममा आचारसंहिता प्रतिकूल सामग्री

प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ । यहीँ कात्तिक २९ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेकामध्ये १५ छापामाध्यम, पाँच टेलिभिजन, २० रेडियो, ४४ अनलाइन गरी ८४ सञ्चारमाध्यम र पाँच वेबपोर्टलबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको हो ।

     काउन्सिलले त्यसमध्ये छ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधेको जनाएको छ । दर्ता÷सूचीकरण नभएका पाँच वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने तीन अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ । मिडियाअन्तर्गत केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गराइएको छ ।

    काउन्सिलले सबै प्रावधानतर्फ विशेष ध्यान दिइ समाचार, विज्ञापन सम्प्रेषण गर्न÷गराउन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको ध्यानाकर्षण गराएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्