०३ साउन २०८३, आइतबार

मोरङ–४ : सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

कात्तिक २९, २०७९
मोरङ–४ : सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ सत्ता वगठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी र एमालेका विनोदप्रसाद ढकाल उम्मेदवार छन् । यस्तै सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि रिजाल, नेपाली कांग्रेस (विपी) का अशोक पौडेल र  सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुल्टेन ऋषिदेव चुनावी मैदानमा छन् । यस्तै मङ्गोल नेश्नल अर्गनाइजेसनका धनबहादुर लिम्बु, हाम्रो नेपाल पार्टीका नविनकुमार विश्वास खवास, राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण साहु र नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी पनि उम्मेदवार छन् । 
 
यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा कुवेत मियाँ, देवनारायण विश्वास, पदम कार्की, महेश नेपाल, राजेन्द्रकुमार खवास र ज्ञानेन्द्र खत्री उम्मेदवार  छन् । क्षेत्र नं ४ मा मोदी र ढकालकै बढी चार्चा छ । ढकाललाई जनता समाजवादी पार्टी नेपालको साथ छ । ढकालको समर्थनमा जसपा नेपालले उम्मेदवार खडा गरेको छैन । मोदी यसअघि पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २०७४ सालको निर्वाचनमा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए। माओवादी केन्द्रबाट उम्मेदवार बनेका मोदीले ३३ हजार ५२९ तथा आचार्यले २६ हजार आठ सय मत प्राप्त गरेक थिए । 

एमाले उम्मेदवार ढकाल एमाले मोरङको पूर्व अध्यक्ष छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका प्रमुखमा कांग्रेसका भीम पराजुलीसित पराजित भएका थिए । पराजुलीले २३ हजार ३१ मत तथा ढकालले १७ हजार ३२१ मत प्राप्त गर्नुभएको थियो । पराजुली मोरङ क्षेत्र न. ४ प्रदेशसभा (२) बाट उम्मेदवार छन् । मोदी र ढकाल बाहेक अन्य उम्मेदवार पनि मतदता रिझाउनमा व्यस्त छन् । 

salt training

कमेन्ट गर्नुहोस्