बलिउडका चर्चित फिल्ममेकर करण जोहर अविवाहित भएपनि उनी आफ्नो रिलेशनशिप स्टेटसलाई लिएर चर्चामा रहने गर्छन् ।
अहिले सम्बन्ध र प्रेमको कुरा गर्दै करणले आफू सधैं यस मामिलामा कमजोर हुने बताएका छन् ।
उनले आफूले अहिले कसैसँग प्रेम वा वैवाहिक सम्बन्ध राख्न नचाहेको बताएका छन् ।
उनले आफू कुनै सम्बन्धमा नरहेको र कहिलेकाहीँ सम्बन्धमा छु जस्तो लागेपनि सम्बन्ध भने कहिल्यै नभएको बताएका छन् ।
उनले सबन्धबाट भाग्ने पहिलो व्यक्ति नै आफू भएको बताए ।
करण जोहरले भने-'जब कोही मेरो नजिक आउँछ, म छोड्छु। यो ठूलो समस्या हो।'