
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको ३ तले कच्ची घरमा बुधवार बिहान आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
बुधवार बिहान करीब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएकोमा निको भई डिस्चार्ज गरिएको छ ।
बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका २ दमकल र स्थानीयको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण संकलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।