०३ साउन २०८३, आइतबार

अमेरिका र टर्कीका राष्ट्रपतिबीच देखियो चिसो सम्बन्ध (भिडियो)

कात्तिक ३०, २०७९
अमेरिका र टर्कीका राष्ट्रपतिबीच देखियो चिसो सम्बन्ध (भिडियो)

इन्डोनेसियाको बालीमा आयोजित जी२० शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडन र टुर्कियेका समकक्षी रेचेप तैयिप एर्दोआनबीचको भेटघाट चिसो किसिमको देखिएको छ । 

दुवै नेताहरू सोफामा बसेर कुरा गर्दा बाइडन केही उत्साहित देखिन्छन् भने एर्दोआनले अमेरिकी राष्ट्रपतिलाई मन नपराएको स्पष्ट झलक देखाएका छन् । 

कुराकानीको भिडियोमा एर्दोआनको अनुहार अमिलो देखिन्छ भने उनले बाइडनलाई कर्के नजरले हेरेको समेत देखिन्छ । 

कहिले यो संवाद टुंगिएला र फुत्किउँला भन्ने किसिमको भाव एर्दोआनको हाउभाउले देखाउँछ । 

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पसँग एर्दोआनको सुमधुर सम्बन्ध थियो । तर बाइडनले राष्ट्रपति बनेलगत्तै टुर्कियेलाई पहिलो विश्वयुद्धको समयमा गरिएको आर्मेनियाली नरसंहारको दोषी ठहराएका थिए । त्यसपछि एर्दोआनले बाइडनलाई मन नपराएका हुन् । 

आइतवार टुर्कियेको इस्तानबुलमा भएको घातक बम विस्फोटपछि अमेरिकाले दिएको समवेदना सन्देश पनि टुर्कियेले अस्वीकार गरेको छ । अमेरिकाको प्रोत्साहन पाएको कुर्दिश आतंकवादी समूहकी सदस्यले उक्त विस्फोट गराएको भन्दै टुर्किये अमेरिकासँग रिसाएको छ ।

 
 

salt training

कमेन्ट गर्नुहोस्