इरानको एक अदालतले तीन दिनमा दोस्रोपल्ट मृत्युदण्डको सजाय सुनाएको छ । दंगाबाजलाई मृत्युदण्ड दिइएको हो ।
माहसा अमिनी नामक युवतीलाई देशको धार्मिक प्रहरीले हिरासतमा हत्या गरेको विरोधमा महिनादिनदेखि इरानमा विरोध प्रदर्शन भइरहेको छ ।
विरोध प्रदर्शन हिंस्रक बनेर दंगाको स्वरूप पनि लिएको छ ।
आइतवार मात्र त्यही अदालतले अर्का एक दंगाबाजलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
सरकारी केन्द्रमा आगजनी गरेको, सार्वजनिक व्यवस्था खलबल्याएको, राष्ट्रिय सुरक्षाका विरुद्ध अपराध गर्न साँठगाँठ गरेको, अल्लाहका विरुद्ध युद्ध छेडेको र पृथ्वीलाई भ्रष्ट बनाएको आरोपमा मृत्युदण्ड दिइएको हो ।