२८ जेठ २०८३, बिहीबार

एमाले–राप्रपाको गठबन्धन अप्राकृतिक, दुर्घटना निम्त्याउँछ : गृहमन्त्री खाँण

कात्तिक ३०, २०७९
एमाले–राप्रपाको गठबन्धन अप्राकृतिक, दुर्घटना निम्त्याउँछ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले) र राप्रपाको गठबन्धन अप्राकृतिक भएको र त्यसले दुर्घटना निम्त्याउन सक्ने बताएका छन् । 

आफूलाई अतिअग्रगामी बताउने एमाले र अतिपश्चगामी राप्रपाबीचको तालमेल कुनै पनि मानेमा मिल्न नसक्ने उनले बताए । सत्ता–गठबन्धनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माला जप्ने एमाले र सङ्घीयता विरोधी, राजसंस्था पुनःस्थापनाको मुद्दा लिएर हिँडेको राप्रपाबीचको तालमेल के कुरामा मिलेको हो भनी प्रश्न गरे । 

उनले अहिले पनि सत्ता–गठबन्धन अगाडि रहेको बताउँदै गठबन्धनलाई सफल बनाउने ऐतिहासिक दायित्वबाट नचुक्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्