२३ असार २०८३, मंगलबार

देशमा पश्चिमी वायुको सामान्य प्रभाव

देशमा पश्चिमी वायुको सामान्य प्रभाव

हाल देशको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यसैगरी प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ । 
यस्तै राति  प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि नियमित बुलेटिनमा स्पष्ट गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्