०३ असार २०८३, बुधबार

‘शहीदको रगत’ ल्याएर आए पूर्व अञ्चलाधीश सूव सेन

कात्तिक २०, २०७४
‘शहीदको रगत’ ल्याएर आए पूर्व अञ्चलाधीश सूव सेन

काठमाडौं २६ साउन– पूर्व प्रशासक सूव सेनको इतिहास नाटक पुस्तक ‘शहीदको रगत’ बिहीवार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा नाटककार अशेष मल्ल, डा देवी सुवेदी र इतिहासविद् अरविन्द्र रिमालले पुष्तक विमोचन गरेका हुन् ।

पुस्तकमाथि समीक्षा गर्दै रिमालले सूव सेनले नेपालको ज्युँदो इतिहासलाई कितावमा उतोको बताए । उनले देश प्रेम भएका सबैले यो किताव बढ्नु पर्ने बताए । सुवेदीले राणाकालीन समयको चित्र पुस्तकमा समेटिएको बताए ।

मल्लले ५० बर्षपछि पनि नेपालको भावी सन्ततीलाई इतिहास बुझ्न मद्दत पुग्ने विश्वास गरे । विसं २००७ सालको क्रान्तिको पुष्ठभूमि समेटिएको किताव पढ्दा रौं ठाडो हुने मल्लले बताए ।

लेखक सूव सेनले चुनावमा बुथ क्याप्चर गर्दा मरेका कार्यकर्तालाई समेत शहीद घोष्गाणा गर्ने प्रतिष्पर्धा चलिरहेको समयमा मुलुकमा प्रजातन्त्र ल्याउने शहीदको स्मरणमा पुस्तक लेखेको बताए ।

कार्यक्रममा गुल्मेली समाजका महासचिव एवं पत्रकार टंक पन्तले इतिहास बुझ्नको लागि पुस्तक उपयोगी हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्