अमेरिकाको लस एन्जिलिसमा बुधवार बिहान एकजना चालकले जगिङ गरिरहेका प्रहरी जवानहरूमाथि गाडी कुदाउँदा २५ जना घाइते भएका छन् ।
तीमध्ये पाँचजनाको अवस्था नाजुक रहेको बताइएको छ । एकजना भेन्टिलेटरमा छन् भने अन्यको हाड भाँचिएको र टाउकोमा चोटपटक लागेको छ । एकजनाको अंगभंग भएको छ ।
कुल ७५ जना प्रहरी जवानले जगिङ गरिरहेका थिए ।
गाडी हाँक्ने २२ वर्षीय चालकलाई सामान्य चोटपटक लागेको छ । उनको ब्रेथलाइजर टेस्ट गर्दा रक्सी पिएर गाडी नचलाएको पाइयो ।
उनले सडकको गलत दिशामा गाडी गुडाएकाले दुर्घटना भएको बताइएको छ । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :