
रुसले ऊर्जा प्रणालीमा अहिलेको जस्तै गरी प्रहार गरिरहेमा आफूले जनतालाई न्यानो तथा विद्युतीय आर्पूिर्त दिलाउन नसक्ने युक्रेन सरकारले पश्चिमी साझेदारहरूलाई चेतावनी दिएको छ ।
पोलिटिको पत्रिकाका अनुसार, किएभले अमेरिका तथा युरोपेली मुलुकहरूलाई विद्युत् तथा ग्यास आपूर्ति गराउन अनुरोध गरेको छ । रुसको थप प्रहार सहन नसकिने उसको भनाइ छ ।
ऊर्जा प्रणाली नष्ट भइरहेमा युक्रेनलाई युद्धभूमिमा अप्ठ्यारो पर्ने अनि विस्थापित हुने नागरिकको संख्या बढ्ने युक्रेन सरकारको विश्वास छ ।