
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटेर चुनावी सुरक्षाका विषयमा परामर्श गरेका छन् ।
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तेस्रो घेरामा रहेर सुरक्षा दिन लागेको सेनाका प्रमुखसँग भेटवार्ता गरेर थपलियाले सुरक्षामा कुनै कमजोरी रहन नदिन आग्रह गरेका हुन् ।
प्रमुख आयुक्त थपलियालाई भेट्न प्रधान सेनापति शर्मा उनकै कार्यकक्षमा पुगेका थिए । भेटमा निर्वाचन आयुक्तहरू पनि सहभागी थिए ।
चुनावी सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा सम्हाल्दैछन् ।
पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेनालाई निर्वाचन सुरक्षाको जिम्मा दिइएको छ ।