०३ साउन २०८३, आइतबार

अमेरिका र उत्तर कोरियाबीच युद्ध भयो भने विश्वमा के हुन्छ ?

कात्तिक २०, २०७४
अमेरिका र उत्तर कोरियाबीच युद्ध भयो भने विश्वमा के हुन्छ ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको धम्कीलाई यस्तो जवाफ दिने संकल्प गरेका छन् कि जो विश्वका लागि नयाँ हुनेछ ।

ट्रम्पको यस कडा चेतावनीको प्रतिक्रियामा उत्तर कोरियाले अमेरिकी द्वीप गुआममा मिसाइल हमलाको तयारीको गरेको भन्दै तनाव अरु बढाइदिएको छ । गुआममा एक लाख ६३ हजार मानिस बस्छन् ।

यी सवै घटनाक्रम त्यसबेला फैलिएको छ जतिवेला उत्तरले साना परमाणु हतियार र अन्त महादेशीय मिसाइल बनाउने सफलता हात पारेको छ ।

जसका कारण अमेरिका र उसका एसियाली सहयोगी देशबीचको चिन्ता अरु बढेको छ ।

सैन्य संघर्षको आशंका

तर विशेषज्ञहरुका अनुसार यो कुरामा मानिसहरु आत्तिनुपर्ने जरुरत छैन ।

उनीहरुका अनुसार कोरियाली प्रायद्वीपमा कसैले पनि युद्ध चाहेका छैनन् । उत्तर कोरियाई सरकारको मुख्य लक्ष्य आफ्नो अस्तित्व बचाउनु रहेको छ ।

के चीनले उत्तर कोरियामाथि आक्रमण गर्ला ?


यस्तोमा अमेरिकाका साथ युद्ध गरेर उ स्वयं जोखिम मोल्न चाहँदैन । बीबीसीका सामरिक सवाददाता जोनाथन मार्कसका अनुसार अहिलेको अवस्थामा अमेरिका तथा उसका सहयोगीमाथि उत्तर कोरियाको कुनै पनि हमलाका कारण युद्धको व्यापक प्रचार हुनेछ । यस्तो उत्तर कोरिया आत्मघाती कदम उठाउने छैन ।

वास्तवमा यही कारण हो कि उत्तर कोरियाले स्वयं परमाणु शक्ति सम्पन्न राष्ट्र बन्नका लागि कडा मिहेनत गरिरहेको छ । यदी यो क्षमता उ सँग भएको खण्डमा किम जोन उन सरकार कुनै अवरोध विना आफूलाई बचाउन सक्छ ।

किम जोन उन लिबियाका पूर्व शासन गद्दाफी र इराका सद्दाम हुसेनको मार्गमा हिड्न चाहँदैनन् ।

अमेरिका हमला भन्दा पहिला के गर्ला ?

अमेरिकालाई थाहा छ की उसले उत्तर कोरियामाथि हमला गरेको खण्डमा उसका सहयोगी जापान र दक्षिण कोरियामाथि निशाना बनाउने छ । यसको नतिजामा व्यापक रुपमा मानिसहरुको मृत्यु हुने छ ।

थाहा पाउनुस्, कति शक्तिशाली छ उत्तर कोरिया ?


जसमा हजारौं अमेरिकी पनि मारिने छन् । किनी अमेरिकी जापानमा सैनिक तथा नागरिककको रुपमा छन् ।
यसका अलावा अमेरिका चाहँदैनकी कुनै परमाणु हतियार या मिसाइल उसको जमिनमा खसोस् ।
उत्तर कोरियाको चीन एकमात्र भित्र हो । चीन उत्तर कोरियाई प्रशासनलाई सम्हाल्ने पूरै प्रयासमा रहने छ । उत्तर कोरिया सकिनु भनेको चीनलाई घाटाको कुरा हो ।

salt training

कमेन्ट गर्नुहोस्