०२ असार २०८३, मंगलबार

एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की

एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रुसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्‍याएपछि लाखौं युक्रेनी नागरिक विद्युत‍्विहीन भएको बताएका छन् । 

“हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत‍्विहीन भएका छन्,” उनले भने । 

विद्युत् अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।

जेलेन्स्कीले भने, “हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं ।” 

रुसविरुद्ध युद्ध भूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत् ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ, पछिल्लो समय दक्षिणी शहर खेरसनबाट मस्को पछि हटेको छ ।

युक्रेनका विभिन्न शहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन् ।

युक्रेनको विद्युत् पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्