०२ असार २०८३, मंगलबार

मदिराको गाडी स्थानीयको नियन्त्रणमा

मदिराको गाडी स्थानीयको नियन्त्रणमा

रूपन्देहीको शुद्धोधन गाउँपालिका स्थानीयले १ गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन् ।

रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गत पर्ने शुद्धोधन–१ बलेवामा शुक्रवार दिउँसो स्थानीयले मदिरा सहितको पीकअप भ्यानमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले लोकान्तरलाई जानकारी दिए ।

‘प्रहरीले मदिरा बोकेको गाडी नियन्त्रणमा लिएको छ,’ डीएसपी अर्यालले भने, ‘गाडी नम्बर पनि खुलेको छैन । अनुसन्धान गर्दैछ । विस्तृत जानकारी हामीले केही समयमा गराइहाल्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्