०९ असार २०८३, मंगलबार

साम्राज्ञीसँग रोमान्टिक जीतु ! ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुने

साम्राज्ञीसँग रोमान्टिक जीतु ! ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुने

जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण टीमद्वारा शुक्रवार फिल्मका ३ वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

पोस्टरमा जीतु र साम्राज्ञी हर्षित र रोमान्टिक मूडमा देखिएका छन् । जीतु र साम्राज्ञीको रोचक केमेस्ट्रीले फिल्मप्रति उत्सुकता जगाउने देखिन्छ ।

हास्य कथावस्तुमा निर्माण भएको ‘ह्यारी की प्यारी’मा डा. कपिल रिजालको लेखन एवं निर्देशन छ । बीआर प्रोडक्सनको प्रस्तुती निर्माण भएको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ ।

अभिनेत्री रेखा थापाको विशेष भूमिका फिल्ममा हेर्न सकिने निर्माण टीमले जनाएको छ । निर्देशक रिजालकै प्रस्तुति रहेको फिल्ममा पटकथा र संवाद उनीसँगै सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । डा. भोला रिजालका छोरा दन्त चिकित्सक रहेका रिजालले फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन रहेको फिल्ममा सम्पादनको जिम्मेवारी अर्जुन जिसीको काँधमा छ ।

salt training

कमेन्ट गर्नुहोस्