![यसरी तयार हुँदैछ बुटवलकाे मतदान केन्द्र [फोटो कथा]](https://lktcdn2.prixacdn.net/media/9_E59Bur4mLK.jpg)
मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ ।
मंसिर ४ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था आयोगले गरेको छ । देशभरका मतदान केन्द्रमा मतदानलाई व्यवस्थित र सहज बनाउनेगरी तयारी भइरहेको छ ।
मतदानको लागि लाइन बस्ने ठाउँ, मतदाताको विवरण रुजु गर्ने, मतपत्र लिने, मत पत्रमा आफूले चाहेको निर्वाचन चिन्हमा छाप लगाउने र मतपेटिकामा मतपत्र खसाल्नेसम्मका काम व्यवस्थित हुने गरी मतदान केन्द्रहरु तयार भइरहेका छन् ।
रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयलाई मतदान केन्द्रकाेरुपमा यसरी तयार गरिएकाे छ ।







