२७ जेठ २०८३, बुधबार

बिहानसम्म काठमाडौंका सबै १० वटै क्षेत्रमा मतगणना शुरू हुने

बिहानसम्म काठमाडौंका सबै १० वटै क्षेत्रमा मतगणना शुरू हुने

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सोमवार बिहानैदेखि मतगणना शुरू गर्ने तयारी गरिएको छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ । 

काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रको मतगणना बिहान ८ बजेदेखि शुरू गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

काठमाडौंको १ नम्बर क्षेत्रको मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, २ नम्बर क्षेत्रको कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, ३ नम्बर क्षेत्रको गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, ४ नम्बर क्षेत्रको बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र ५ नम्बर क्षेत्रको टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ । 

६ नम्बर निर्वाचन क्षेत्रको तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, ७ नम्बर क्षेत्रको बालाजुस्थित जुडो हल, ८ नम्बर क्षेत्रको स्वयम्भूस्थित गीतामाता विद्यालय, ९ नम्बर क्षेत्रको रविभवनस्थित न्याथम कलेज र काठमाडौंको १० नम्बर क्षेत्रको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ । 
    
यद्यपि काठमाडौंको ७ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू गरिसकिएको छ । निर्वाचन अधिकृत उषा श्रेष्ठले ४ स्थानमा मतगणना शुरू गरिएको जानकारी दिइन् । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ । 

ललितपुरको २ र ४ नम्बर निर्वाचन क्षेत्रको पनि मतगणना सोमवार बिहान २ बजदेखि शुरू भइसकेको छ । ललितपुरको २ नम्बर क्षेत्रको सातदोबाटोस्थित राष्ट्रिय खेदकुद परिषद् परिसर र ३ नम्बर क्षेत्रको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्