
काठमाडौं, २६ साउन – कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गर्नबाट रोक लगाइएको छ । भूमिसुधार मन्त्रालयले भूमिसुधार ऐन बमोजिम कृषियोग्य जमिनमा प्लटिङ गरेर घेडेरी बनाउन रोक लगाउने जनाएको छ । मन्त्रालयले घडेरीको रुपमा जग्गा विक्रि तथा कित्ताकाट गर्नबाट समेत रोक लागाउने निर्णय गरेको छ ।
यस्ता जग्गाहरुको पास नगर्नका लागि भूमिसुधारले मालपोत कार्यालयहरुलाई निर्देशन समेत दिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूमिसुधार मन्त्री गोपाल दहिदले कृषियोग्य जमिनहरु घडेरीमा मात्रै परिणत भएको बताउँदै त्यसलाई रोक्नको लागि आफू लागि पर्ने बताए ।