२२ जेठ २०८३, शुक्रबार

पर्वतमा मतगणनाको तयारी हुँदै

पर्वतमा मतगणनाको तयारी हुँदै

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको ७ पालिकामा ५५ प्रतिशत मत खसेको हो ।

यसअनुसार बिहादी गाउँपालिकामा १० हजार ९९० मतमध्ये ५ हजार ७५१ मत खसेको छ भने जलजला गाउँपालिकामा १६ हजार ४३२ मध्ये ९ हजार २२०, फलेवास नगरपालिकामा २३ हजार ५६४ मध्ये १२ हजार १३२, कुश्मा नगरपालिकामा ३१ हजार ८२० मध्ये १८ हजार १०३, महाशिला गाउँपालिकामा ८ हजार ३८७ मध्ये ४ हजार १, मोदी गाउँपालिकामा १९ हजार ८३६ मध्ये १० हजार ५७७ र पैञ्यु गाउँपालिकामा ११ हजार ६२० मध्ये ६ हजार ४१९ मत खसेको हो ।

जिल्लाको कूल मतदाता संख्या १ लाख २२ हजार ८१९ मध्ये ६६ हजार २७३ मत खसेको छ । कार्यालयका प्रवक्ता राजु ढुङ्गानाका अनुसार जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका सदरमुकाम आइसकेका छन् । बिहान सर्वदलीय बैठक आह्वान गरिएको र बैठक सकिएलगत्तै मतगणना पनि शुरू गर्ने तयारी गरिएको ढुङ्गानाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्