२२ जेठ २०८३, शुक्रबार

जुम्लामा तीन स्थानबाट मतगणना

जुम्लामा तीन स्थानबाट मतगणना

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । 

मतदान केन्द्र र मतदानस्थलबाट मतपेटिका संकलन भइसकेका छन् । मतगणना सुरु गर्नका लागि केहीबेरमा सर्वदलीय बैठक बस्ने जनाइएको छ  । सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । 

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी हुनेछन् । जिल्लामा सङ्घीय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की गोमा गौतम (कुँवर), नेकपा (एमाले)का रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाही बीच मुख्य  प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजङ्ग शाही, नेकपा एमालेका धीरेन्द्रराज गिरी र स्वतन्त्र उमेर देवेन्द्रबहादुर शाहीलगायत प्रतिस्पर्धामा छन् । 

त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई र स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि दुई स्थानका लागि निर्वाचन भएको छ । जिल्लामा ६८ हजार ६३८ मतदाता छन् ।

salt training

कमेन्ट गर्नुहोस्