
काठमाडौंको ७ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ १ हजार ५४३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
घण्टी चुनाव चिह्नमा उम्मेदवार गणेश पराजुलीले ३१५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ३०४ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मानुषी यमि भट्टराई २९० मत ल्याएर तेस्रो स्थानमा छिन् ।
लौरो र हलोले क्रमशः १०१ र ८४ मत पाएका छन् ।