
सप्तरी- २ को प्रारम्भिक मतगणनामा जनमत पार्टीका अध्यक्ष सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।
१०० मत गणना हुँदा राउतले ५१ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन् । छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाको गणना जारी छ ।