
झापा-२ मा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
झापा क्षेत्र नम्बर-२ मा एमालेका देवराज घिमिरेले ३२४ मतसहित अग्रता लिइरहेका छन् । गठबन्धनको समर्थनमा उम्मेदवार बनेका माओवादीका हरिकुमार रानाले १९८ र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल १०० मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कूल मतदाताको ६५.४२ प्रतिशत अर्थात् ८७ हजार ७२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।