
नेकपा एमाले, ललितपुर निर्वाचन क्षेत्र नं १ उम्मेदवार नवराज सिलवालले अग्रता बढाएको छ ।
बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।
हालसम्म दुई हजार ३८४ मत गणना हुँदा नेकपा एमालेका नवराज सिलवालले १२९५, नेपाली कांग्रेसका उदय शमशेर राणाको ७०५, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्दीप आचार्यको ९५ र , राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिनकुमार घिमिरेले १७९ मत प्राप्त गरेका छन् ।
मतगणनाको अन्तिम परिणाम भोलि रातिसम्म सार्वजनिक हुने बताइएको छ । ललितपुर १ मा जम्मा ७४ हजार ३९७ मतदाता रहेकोमा ५० हजार ७४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।