२१ जेठ २०८३, बिहीबार

सीके राउतसँगै दाजु जयकान्तको पनि अग्रता

सीके राउतसँगै दाजु जयकान्तको पनि अग्रता

डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले प्रतिनिधिसभाको दुई वटा स्थानमा अग्रता लिएको छ। सप्तरी -१ र  सप्तरी-२ मा जनमत पार्टीले अग्रता लिएको हो ।

सप्तरी- २ मा  सीके आफैंले अग्रता कायम गरेका छन् भने उनलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछ्याइरहेका छन्। राउतले १ हजार २० मत ल्याउँदा यादवले ४५२ मत ल्याएका छन्।

त्यसैगरी सप्तरी- १ मा सीकेका आफ्नै दाजु जयकान्त राउतले अग्रता लिएका छन्।

कृषि वैज्ञानिक समेत रहेका राउतले २३८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रामदेव साह तेलीले २१४, नागरिक उन्मुक्ति पार्टीकी टीकालक्ष्मी चौधरीले २०१ र जसपाका नवलकिशोर साह सुडीले १७८ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्