
सुर्खेत–२, दैलेख १ र सल्यानमा मतगणना शुरू भएको छ ।
सुर्खेत–२ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हृदयराम थानी, नेकपा एमालेका अमृतकुमार बिसी, राप्रपाका भीमबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका टेक चुनाराबीच प्रतिस्पर्धा हुँदैछ ।
दैलेख–१ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा, एमालेका रविन्द्रराज शर्मा, राप्रपाका कुन्तीकुमारी शाही मुख्य प्रतिस्पर्धामा छन् ।
सल्यानमा सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला, एमालेका राजेन्द्रवीर राय, स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह प्रतिस्पर्धामा छन् ।
दैलेख–१ मा एमालेका रविन्द्रराज शर्माले शुरूआती अग्रता लिएका छन् । शर्माले ५७, थापाले ३७ र शाहीले ३ मत प्राप्त गरेका छन् ।