१४ असार २०८३, आइतबार

मोरङमा मतगणना शुरू

मोरङमा मतगणना शुरू

मोरङका ४ वटा निर्वाचन क्षेत्रमा सोमवार दिउँसो १ बजेबाट मतगणना शुरू भएको छ ।

मोरङको क्षेत्र नम्बर ३, ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना शुरू भएको हो ।

प्रत्येक निर्वाचन क्षेत्रका ४ ठाउँबाट मतगणना शुरू हुने प्रमुख निर्वाचन कार्यालय विराटनगर मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । 

मोरङको क्षेत्र नम्बर ३ को बेलबारी नगरपालिका–३ भगवती स्कूलमा मतगणना शुरू भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् । मतगणनालाई सुरक्षित बनाउन बास र तारजालीको प्रयोग गरिएको छ । 

मोरङमा ६६.२२ प्रतिशत मत खसेको छ । ७ लाख ३५ हजार ५२५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्