
दाङ क्षेत्र नम्बर-३ मा नेकपा एमालेकी नेतृ कोमल वलीले सुरुवाती अग्रता लिएकी छन् ।
उनलाई कांग्रेसका दीपक गिरीले पछ्याइरहेका छन् । ३०६ मत गणना हुँदा वलीले १२८ र गिरीले ११३ मत प्राप्त गरेका छन् । गिरी सत्तारुढ कांग्रेस माओवादी गठबन्धनका साझा उम्मेदवार हुन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले कमल सुवेदीले ३८ मत प्राप्त गरेका छन् । दाङ क्षेत्र नम्बर-२ मा पनि मतगणना शुरू भएको छ ।