
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर-२ मा मतगणना जारी छ । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी हलमा प्रतिनिधि र प्रदेशको मतगणना एकैसाथ जारी छ ।
पछिल्लो अपडेट अनुसार एमालेका उम्मेदवार अमृतकुमार बिसीले १०१६ मतसहित अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले ७६८ मत ल्याएका छन् भने १६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा रहेका एक लाख २४ हजार ६६५ मतदातामध्ये ७६ हजार १८३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।