
ललितपुर क्षेत्र नम्बर- ३ मा तीव्र प्रतिस्पर्धा देखिएको छ । तीन हजार ४१६ मत गणना हुँदा एमालेले अग्रता कायमै राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादीले पछ्याइरहेका छन् ।
पछिल्लो अपडेटअनुसार नेकपा एमालेका अमृत खड्काले ११२५, राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले १०२७ र नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ८६६ मत ल्याएका छन् ।
क्षेत्र नम्बर ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको हो । भुसाल यस क्षेत्रकी निवर्तमान सांसदसमेत हुन् ।