२७ जेठ २०८३, बुधबार

प्रकाशमानलाई पछि पार्दै काठमाडौं–१ मा रवीन्द्र मिश्रको अग्रता

प्रकाशमानलाई पछि पार्दै काठमाडौं–१ मा रवीन्द्र मिश्रको अग्रता

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् ।

रवीन्द्र साझा पार्टीको अध्यक्ष रहेको बेला सो पार्टीको प्रवक्ता रहेका शरदराज पाठकले सोमबार दिउँसोदेखि रवीन्द्रले अग्रता लिएको बताएका छन् । 

मिश्रले २ हजार ४ सय १७ मत पाउँदा प्रकाशमानले २ हजार ३ सय २ मत प्राप्त गरेका छन् । मतान्तर १ सय १५ छ ।

अहिलेसम्म ९ हजार २ सय ४४ मत प्राप्त गर्दा एमालेका किरण पौडेलले १ हजार ४ सय ४० र स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ३ सय ६५ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्