२७ असार २०८३, शनिबार

कास्की-३ मा घण्टीको अग्रता, एमालेले पछ्याउँदै

कास्की-३ मा घण्टीको अग्रता, एमालेले पछ्याउँदै

कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेल लिड गरिरहेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो अपडेटअनुसार पौडेलले १०२४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका दामोदर बैरागीले ८३८ मतसहित पछ्याइरहेका छन् । 

त्यस्तै नेकपा माओवादी केन्द्रका रामजी बराल तेस्रो स्थानमा छन् । बरालले ४३८ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा रहेका एक लाख एक हजार ७१५ मतदातामध्ये ६१ हजार ४१४ मत खसेको छ । 

salt training

कमेन्ट गर्नुहोस्