१० साउन २०८३, आइतबार

झापा–३ मा राजेन्द्र अगाडि, सिटौला पछ्याउँदै

झापा–३ मा राजेन्द्र अगाडि, सिटौला पछ्याउँदै

झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् । 

साँझ सवा ५ बजेसम्म ३ हजार ३४७ मत गणना हुँदा लिङ्देनको पक्षमा १ हजार ६७३ मत परेको छ । 

उनको प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका साझा उम्मेदवार एवं कांग्रेसका नेता कृष्ण सिटौला दोस्रो स्थानमा छन् । उनले १ हजार ३३४ मत पाएका छन् । 

राप्रपाका लिङ्देनलाई एमालेले समर्थन गरेको थियो । 

आइतबार भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्