
नेकपा एमालेले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका अध्यक्ष केपी शर्मा ओलीले झापा– ५ बाट फराकिलो अग्रता लिएका छन् ।
सोमवार दिउँसोबाट शुरू भएको मतगणनामा ओलीले अग्रता लिएका हुन् ।
ओलीले ३ हजार २ सय १२ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ६ सय २ मत प्राप्त गरेका छन् । ओलीले मंसिर १५ सम्ममा एमालेको सरकार बन्ने दाबी गर्दै आएका थिए ।