
काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता फराकिलो पारेका छन् ।
पौडेलको पक्षमा २ हजार ५९१ मत आएको छ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले भने १ हजार ६ सय ९८ मत पाएर दोस्रो स्थानमा छन् ।
काठमाडौं–५ ईश्वर पोखरेल जित्दै आएको निर्वाचन क्षेत्र हो ।
अहिले पौडेल ८९३ मतले अगाडि छन् ।